काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो केन्द्रीय समितिमा रहेका नेताहरूलाई पुनः केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको छ।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनपछि नयाँ समितिमा समेटिन नसकेका अघिल्लो समितिका सबै नेताहरूलाई केन्द्रीय समितिमा फर्किन औपचारिक आह्वान गर्ने निर्णय गरेको हो। इच्छुक नेताहरूलाई आगामी महाधिवेशनको आयोजक समितिका रूपमा सक्रिय गराउने तयारी कांग्रेसको छ।

बैठकले आगामी १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। त्यसअघि असोज ३ र ४ गते वडा तहको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ। साथै, गत पुस मसान्तसम्म नवीकरण भएका सबै क्रियाशील सदस्यतालाई मान्यता दिने निर्णय गर्दै सदस्यता नवीकरणसम्बन्धी विवाद समाधान गर्ने प्रयास गरिएको छ।

प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com