काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनासहितको संयुक्त टोलीले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ।
आइतबार साँझसम्म सेनाले हवाई माध्यमबाट ४ हजार १५७ जनाको सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३ हजार ८७४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।
रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङमा स्वदेशी तथा विदेशी विशेषज्ञसहितको टोलीले खोजी जारी राखेको छ। लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१ तथा त्रिशूली–३ ‘ए’ र ‘बी’ क्षेत्रमा उपकरण प्रयोग गरी खोजी भइरहेको छ।
भोटेकोशी बाढी प्रभावित रसुवादेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी जनशक्ति उद्धार, शव व्यवस्थापन, राहत वितरण, सडक खुलाउने तथा स्वास्थ्य उपचारमा परिचालित छन्।
प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार












प्रतिक्रिया