काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला कार्यसमितिको अध्यक्षमा दीपक केसी निर्वाचित भएका छन्।
काठमाडौंमा सम्पन्न जिल्ला अधिवेशनमा केसीले ३९० मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी ऋद्धिप्रताप राणाले २२० मत तथा प्रमोद पौडेलले ३४ मत प्राप्त गरे।
केसी राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वसंयोजकसमेत हुन्। उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देननिकट मानिन्छ।
काठमाडौं जिल्ला अधिवेशन सम्पन्न भएसँगै राप्रपाको जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लाको संख्या ५४ पुगेको पार्टीले जनाएको छ।
प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार












प्रतिक्रिया