काठमाडौं । ललितपुरमा आयोजित ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६’ समारोहमा पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताएका छन्। उनले सम्मानित व्यक्तित्व तथा संस्थाहरूलाई आगामी दिनमा पनि देश विकासमा निरन्तर योगदान गर्न आग्रह गरे।
कार्यक्रममा नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद साफिकुर रहमानले अवार्डले उत्कृष्टता र सामाजिक योगदानलाई प्रोत्साहन गर्नुका साथै नेपाल–बङ्गलादेशबीच जनस्तरको सम्बन्ध र सांस्कृतिक सहकार्यलाई थप मजबुत बनाउन सहयोग गर्ने बताए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि सम्मानित व्यक्तिहरूलाई समाजप्रति जिम्मेवार भएर अघि बढ्न आग्रह गरे।
प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार












प्रतिक्रिया