काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–२ हिलेभित्तामा पहिरोमा परी ३० वर्षीय कुमार तामाङको मृत्यु भएको छ। आफ्नै खेतमा पानी लगाएर घर फर्किने क्रममा बाटोमा माथिबाट अचानक खसेको पहिरोले तामाङलाई पुरेको थियो।
पहिरोमा परी गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार












प्रतिक्रिया