काठमाडौं । झापामा आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भन्दै विभिन्न सरकारी तथा राजनीतिक पदको परिचय दुरुपयोग गर्ने २६ वर्षीय सुजन विश्वकर्मा पक्राउ परेका छन्।

हल्दिबारी गाउँपालिका–१ का विश्वकर्माले झूटो परिचय दिएर सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गरी दबाब र धाकधम्की दिने गरेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनले दाबी गरेका कुनै पनि पद वास्तविक नभएको खुलेपछि जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com