काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आइतबार दिइँदै आएको साप्ताहिक बिदा कटौती गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाले शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको दाबी गर्दै पुरानै बिदा प्रणालीमा फर्किन सरकारसँग माग गरेका हुन् ।
‘आइतबारको बिदा कसैलाई चाहिएको छैन । यसले शैक्षिक क्षेत्रमा नकारात्मक असर गरेको छ,’ उनले भने, ‘त्यसैले आइतबारको बिदा कटौती गरेर पहिलेकै बिदा कायम गरियोस् ।’
उनले आइतबारको बिदासम्बन्धी वर्तमान व्यवस्था पुनरावलोकन गरी पुरानै साप्ताहिक बिदा प्रणाली कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार












प्रतिक्रिया