मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित महालक्ष्मी खोला नजिकै इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी मंगलबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार इभीमा आठ जना सवार थिए । उनीहरूमध्ये ६ पुरुष र दुई महिला रहेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनालाई उपचारका लागि काठमाडौं र एक जनालाई हेटौँडा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटनास्थलमा प्रहरी तथा ट्राफिक प्रहरीको टोली परिचालन गरिएको छ ।

मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com