काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले संसद्मा कृत्रिम बुद्धिमत्तामाथिको निर्भरता बढ्दै गएको भन्दै सांसदहरूको मौलिक विवेक कमजोर बन्दै गएको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनप्रतिनिधि सरकारको समर्थन वा विरोधमा टेबल ठटाउने भूमिकामा मात्र सीमित हुन नहुने बताए।
प्रविधिमाथिको बढ्दो अन्धनिर्भरतालाई व्यंग्य गर्दै कार्कीले भने, ‘संसद् यति एआईमय भयो कि अब कसैले ओई, म एआई हुँ रे भन्न मात्रै बाँकी छ।’ उनले यस्तो प्रवृत्तिलाई रोक्नुपर्ने बताए।
प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार












प्रतिक्रिया