काठमाडौं। जापानमा आयोजना हुने सन् २०२६ को एसियाली खेलकुदका लागि नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष क्रिकेट टोली घोषणा गरेको छ। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली छनोट गरिएको हो।

टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल र लोकेश बम रहेका छन्।

सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म हुने प्रतियोगिताका सबै खेल नागोयास्थित पालोमा मिजुहो रंगशालामा टी–२० ढाँचामा सञ्चालन हुनेछन्। नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ। नेपालले सेप्टेम्बर २५ मा अफगानिस्तान तथा सेप्टेम्बर २६ मा आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ।
समूह ‘बी’ मा हङकङ चीन, मलेसिया र ओमान रहेका छन्। समूह चरणपछि सेप्टेम्बर २८ र २९ मा क्वार्टरफाइनल, अक्टोबर १ मा सेमिफाइनल तथा अक्टोबर ३ मा कांस्य पदक र फाइनल खेल हुनेछ।

प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com