काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा १६९ पदका लागि २१ प्रकारका मतपत्र प्रयोग गरिने भएको छ। केन्द्रीय निर्वाचन समितिले विभिन्न समावेशी समूह र क्षेत्रलाई समेटेर मतपत्रको व्यवस्था गरेको जनाएको छ।
महाधिवेशन असोज १६ गतेदेखि सुरु हुने र असोज १९ गते मतदान हुने कार्यतालिका छ। करिब ७ हजार प्रतिनिधि सहभागी हुने निर्वाचनका लागि राष्ट्रिय सभा गृह र प्रज्ञा प्रतिष्ठान बुकिङ गरिसकिएको छ। मतदान एकै ठाउँमा वा दुई स्थानमा गराउने विषयमा निर्वाचन समितिले गृहकार्य गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार











प्रतिक्रिया