काठमाडौं  । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि चितवन क्षेत्रमा ३६४ शव फेला परेका छन्। तीमध्ये हालसम्म १४ जनाको मात्र पहिचान खुलेको छ भने बेपत्ता व्यक्तिका आफन्तमध्ये ८१ जनाको डीएनए नमुना संकलन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अधिकांश शव बिग्रिएको अवस्थामा भेटिएकाले पहिचानमा कठिनाइ भएको हो। पहिचान भएका १४ शव कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइसकिएको छ। पहिचान हुन नसकेका ३४९ शवको कानुनी प्रक्रिया पूरा गरी डीएनए नमुना सुरक्षित राख्दै सम्मानजनक व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। संकलित डीएनए नमुना परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको र प्रतिवेदनपछि थप शवको पहिचान हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com