काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि चितवन क्षेत्रमा ३६४ शव फेला परेका छन्। तीमध्ये हालसम्म १४ जनाको मात्र पहिचान खुलेको छ भने बेपत्ता व्यक्तिका आफन्तमध्ये ८१ जनाको डीएनए नमुना संकलन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अधिकांश शव बिग्रिएको अवस्थामा भेटिएकाले पहिचानमा कठिनाइ भएको हो। पहिचान भएका १४ शव कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइसकिएको छ। पहिचान हुन नसकेका ३४९ शवको कानुनी प्रक्रिया पूरा गरी डीएनए नमुना सुरक्षित राख्दै सम्मानजनक व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। संकलित डीएनए नमुना परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको र प्रतिवेदनपछि थप शवको पहिचान हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार











प्रतिक्रिया