काठमाडौं । नेपाल र बंगलादेशबीच आगामी चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सिरिज नेपालमै आयोजना हुनेछ।
क्यानका सचिव पारस खड्काले नेपाल र बंगलादेशबीच चैत १२, १४ र १६ गते खेल हुने जानकारी दिएका छन्। खेल त्रिवि क्रिकेट मैदानमा आयोजना हुने बताइएको छ।
हालैको बाढीपहिरोमा ज्यान गुमाएकाहरूको स्मृतिमा सिरिज समर्पित गरिने खड्काले बताएका छन्। उनका अनुसार सिरिजले दुई देशबीचको मित्रता, एकता र ऐक्यबद्धताको सन्देशसमेत दिनेछ।
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार











प्रतिक्रिया