काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ ल्याइएको बताएकी छन्।
प्रतिनिधि सभा बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले बालअधिकारको संरक्षण, पहिचानको अधिकार तथा लैङ्गिक आधारमा हुने विभेद रोक्ने विषयलाई विधेयकमा समेटिएको जानकारी दिइन्। यस्तै, बालश्रम, गैरकानुनी ओसारपसार, डिजिटल हिंसा, दुर्व्यवहार तथा गोपनीयता उल्लङ्घनबाट बालबालिकालाई संरक्षण गर्ने व्यवस्था प्रस्ताव गरिएको उनले बताइन्।
विधेयकमा जोखिममा रहेका बालबालिकाको संरक्षण, पारिवारिक पुनर्मिलन, मनोसामाजिक परामर्श तथा बाल न्याय प्रणालीलाई सुधार र पुनर्स्थापनामुखी बनाउने व्यवस्था पनि समेटिएको मन्त्री वादीले जानकारी दिइन्।
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार












प्रतिक्रिया