काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको १५औँ महाधिवेशनमा करिब ९० प्रतिशत नेता–कार्यकर्ता सहभागी हुने दाबी गरेका छन् ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले असोज ३ र ४ गते वडा अधिवेशन सुरु हुने तथा विभिन्न तहका अधिवेशन हुँदै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न हुने बताए ।

महाधिवेशनमा ठूलो संख्यामा नेता–कार्यकर्ता सहभागी हुने उल्लेख गर्दै उनले भने, ‘हामी ३१ जनाबाट सुरु गरेको ५१ जना पुग्नुभयो, अधिवेशनमा ९० प्रतिशत साथीहरू सहभागी हुनुहुन्छ ।’

विश्वकर्माले पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनमा कुनै पदका उम्मेदवार नरहेको बताए । आफूहरूले अघि सारेका मागहरू पार्टीले क्रमशः सम्बोधन गर्दै गएको उनको भनाइ थियो ।

उनले देउवालाई कांग्रेसको ‘सर्वोच्च नेता’का रूपमा स्वीकार गर्ने बताए । देउवाले सभापतिको दाबी गरिरहेको भए पनि आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने उनको भनाइ थियो ।

‘उहाँले सभापति रहेको दाबी गर्नुभएको छ, हामी सर्वोच्च नेता बनाउँछौँ,’ विश्वकर्माले भने, ‘देउवाले कुनै न कुनै नेतालाई नेतृत्व हस्तान्तरण गर्नुहुन्छ ।’

उनले कांग्रेसको १५औँ महाधिवेशनमा पार्टीका अधिकांश नेता–कार्यकर्ता सहभागी हुने र महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार अघि बढ्ने बताए ।

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com