काठमाडौं । बझाङमा बिरामी कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले ४२ वर्षीया बिमला देवी रोकायालाई पक्राउ गरेको छ।
जयपृथ्वी नगरपालिका–३ पडेसकी रोकायाले जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई नदीमा फालेको प्रहरीले जनाएको छ। करिब दुई सातादेखि बिरामी रहेको कुकुरले मानिसलाई टोक्न थालेपछि नदीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया