काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति (राष्ट्रिय मुक्ति पार्टी नेपाल) का केही नेता–कार्यकर्ताले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक अभियान घोषणा गरेका छन् ।

पछिल्लो राजनीतिक अवस्था, पुरानो राजनीतिक शैली र विद्यमान नेतृत्वबाट देश अघि बढ्न नसकेको निष्कर्षसहित सामूहिक रूपमा पार्टी छाडेको उनीहरूले बताएका छन् । जारी विज्ञप्तिमा लामो समयदेखि भएका आन्दोलन र संघर्षका बाबजुद जनताका न्यूनतम आवश्यकता पूरा हुन नसकेको तथा सर्वसाधारणमा निराशा बढेको उल्लेख गरिएको छ ।

पार्टी परित्याग गर्ने समूहले सामाजिक–सांस्कृतिक चेतनाका लागि अभियान सञ्चालन गर्ने, राजनीतिक चेतनाका लागि संघर्ष गर्ने र आर्थिक चेतनाका लागि विद्रोहको तयारी गर्ने रणनीति सार्वजनिक गरेको छ ।

उनीहरूले औपनिवेशिकताको अन्त्यबिना वास्तविक लोकतन्त्र र समृद्धि सम्भव नहुने निष्कर्षसहित विगतका आन्दोलन तथा उपलब्धिमा योगदान पुर्‍याउने सबैप्रति धन्यवाद दिएका छन् ।

नयाँ राजनीतिक यात्रालाई ‘हुंकार मधेस अभियान’ मार्फत अघि बढाउने घोषणा गर्दै उनीहरूले समाजका विभिन्न क्षेत्रका सक्षम र योग्य व्यक्तित्वलाई एकताबद्ध गरी विस्तृत योजना सार्वजनिक गर्ने बताएका छन् ।

पार्टी परित्याग गर्ने नेता–कार्यकर्ताको नामावलीसमेत विज्ञप्तिसँगै सार्वजनिक गरिएको जनाइएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com