काठमाडौं । प्रहरीले काठमाडौंको भेडासिंहबाट १ किलो ४ सय ग्राम अवैध सुनसहित भारतीय नागरिक माणिक दासलाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार दासको साथबाट सुन तथा सुनका गहनासहित ७ लाख ५० हजार रुपैयाँ नगदसमेत बरामद भएको छ ।
प्रहरीका अनुसार दासले भेडासिंहमा टञ्च हाउस सञ्चालन गर्दै आएका थिए । बरामद सुन अवैध रहेको जनाउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार











प्रतिक्रिया