काठमाडौं । सरकारले पूर्वप्रधानसेनापति गौरवशमशेर राणालाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

शुक्रबार (असोज २) बसेको मन्त्रिपरिषद् बैठकले राणाको नाम बेलायतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।

राणाले नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरेका थिए । उनी सन् २०१२ देखि २०१५ सम्म नेपाली सेनाको प्रधानसेनापति थिए ।

प्रधानसेनापतिका रूपमा राणाले विस्तृत शान्ति सम्झौतापछि पूर्वमाओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने प्रक्रियामा सेनातर्फको नेतृत्व गरेका थिए ।

उनकै कार्यकालमा नेपाली सेनाको ‘१० वर्षे दीर्घकालीन योजना’ तथा ‘सैन्य सिद्धान्त २०१३’ कार्यान्वयनमा ल्याइएको थियो ।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पपछि नेपाली सेनाले सञ्चालन गरेको उद्धार तथा राहत अभियान ‘अपरेसन संकटमोचन’को नेतृत्वसमेत राणाले गरेका थिए । उक्त अभियानका क्रममा उनले राहत तथा उद्धारमा सहभागी १८ विदेशी सैन्य टोलीको समन्वय गरेका थिए ।

सरकारले राजदूतका लागि सिफारिस गरेपछि राणाको नाम अब संसदीय सुनुवाइ प्रक्रियामा जानेछ । सुनुवाइ प्रक्रिया पूरा भएपछि बेलायत सरकारबाट एग्रिमो प्राप्त गर्ने र त्यसपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत नियुक्त हुने प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com