काठमाडौं । बंगलादेशका क्रिकेटर अलीले नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णाली याक्सले शुक्रबार सामाजिक सञ्जालमार्फत अलीलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो।
२४ वर्षीय अली सन् २०२० मा बंगलादेशले पहिलोपटक जितेको आईसीसी यू–१९ विश्वकप विजेता टोलीका कप्तान थिए। दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनलमा भारतलाई तीन विकेटले पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो। उक्त खेलमा अलीले अविजित ४३ रन बनाएका थिए।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया