काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको तीनदिने भ्रमण सम्पन्न गरी शनिबार काठमाडौं फर्किएका छन्।
भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकर र वित्तमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने तथा आर्थिक सहकार्य अघि बढाउने विषयमा छलफल भएको थियो।
प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार












प्रतिक्रिया