काठमाडौ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–३ बाट प्रहरीले ३५ ग्राम ९०० मिलिग्राम खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३२ वर्षीय मोहम्मद हसिन अन्सारी र २५ वर्षीय समीर अहमद अन्सारी रहेका छन्। उनीहरूको साथबाट नगद ७३ हजार ७ सय रुपैयाँ, पाँच थान मोबाइल र एक थान डिजिटल तराजु बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।
प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार












प्रतिक्रिया