काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य तथा राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापा धनकुटाको पाख्रीबास नगरपालिका–८ बाट क्षेत्रीय प्रतिनिधि पदमा निर्विरोध निर्वाचित भएका छन्।
कांग्रेसको सांगठनिक निर्वाचनअन्तर्गत पाख्रीबास नगरपालिका–८ बाट थापा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्। सोही वडा र नगरपालिकाबाट सिद्धार्थ थापा पनि प्रतिनिधि पदमा निर्विरोध निर्वाचित भएका छन्।
सुनिलबहादुर थापा यसअघि ७ जनवरी २०२६ मा कोशी प्रदेशबाट नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएका थिए।
प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार












प्रतिक्रिया