काठमाडौं । सप्तरीबाट गएराति १४ सय किलो गाँजासहित एकजना पक्राउ परेका छन्।
राति करिब पौने १ बजे सप्तरीको डाक्नेश्वरी नगरपालिका- ६ स्थित कटैया गाउँमा भोला सदाको घर खानतलासी गरेर गाँजासहित उनलाई पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले निजको घरबाट ५६ वटा बोरामा प्याक गरिएको अवस्थामा करिब १४ सय किलोग्राम गाँजा बरामद गरेको हो।
उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरी लगिएको छ। सीमावर्ती गाउँ भएकोले उक्त गाँजा भारततर्फ निकासी गर्न लागिएको आशंका गरिएको छ।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार












प्रतिक्रिया