काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ।
पार्टी संयोजक पुष्पकमल दाहालले मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक आह्वान गरेका हुन्।
नेकपा प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा रसुवामा आएको बाढीपछिको अवस्था, सरकारका कामकारबाही, पार्टीको भूमिका तथा आगामी कार्ययोजनाबारे छलफल हुनेछ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीले आगामी दिनमा अपनाउने रणनीति र भूमिकाबारे समेत छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार












प्रतिक्रिया