काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्ने भएका छन्। उनले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहित १४ जना सहभागी हुनेछन्। यसअघि नै परराष्ट्रमन्त्री खनालको नेतृत्वमा एक टोली आइतबार साँझ न्युयोर्क पुग्नका लागि प्रस्थान गरिसकेको छ।
प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार












प्रतिक्रिया