काठमाडौं । त्रिपुरेश्वरमा सार्वजनिक बसका चालकले बसभित्रै बसेर आगो लगाएका छन्। बा ५ ख ४२७४ नम्बरको बसका २५ वर्षीय चालक दावा लामाले सोमबार बिहान आगो लगाएका हुन्।

प्रहरीका अनुसार आगलागी हुँदा बसमा कुनै यात्रु थिएनन्। चालकले बसभित्रै आगो लगाएपछि दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो।

आफैँले लगाएको आगोबाट जलेर घाइते भएका लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

चालकले बसमा आगो लगाउनुको कारण खुलिसकेको छैन। प्रारम्भिक रूपमा ट्राफिक प्रहरीसँगको विवादपछि उनी आक्रोशित भएको हुनसक्ने अनुमान गरिए पनि घटनाबारे पुष्टि भइसकेको छैन।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com