काठमाडौं । त्रिपुरेश्वरमा बसभित्र भएको आगलागी घटनाको छानबिन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरिएको छ ।

सोमबार ट्राफिक प्रहरीसँग विवाद भएपछि बस चालकले भित्रै बसेर आगो लगाएको आशंका गरिएको छ । आगलागीमा चालक गम्भीर घाइते भएका छन् ।

घटनाको वास्तविक कारण तथा परिस्थितिबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी रमेश बस्नेतको नेतृत्वमा एक समिति गठन गरिएको हो ।

त्यस्तै, काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अर्को छानबिन समिति गठन गरिएको छ ।

दुवै समितिले घटनाको कारण, घटनाअघि भएको विवाद तथा आगलागीको परिस्थितिबारे अध्ययन गरी आवश्यक प्रतिवेदन तयार गर्नेछन् ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com