काठमाडौं  । नेपाली कांग्रेसको देउवा पक्षले गण्डकी प्रदेशका ११ जिल्लामध्ये ७ जिल्लामा संयोजक तोकेको छ। कास्कीमा ऋषिराम काफ्लेको संयोजकत्वमा २८ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ।

पर्वतमा यामबहादुर मल्ल, गोरखामा भूगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, नवलपुरमा अशोक बस्ताकोटी, म्याग्दीमा हिरा गौचन र बागलुङमा सागर छन्त्याललाई संयोजकको जिम्मेवारी दिइएको छ। तनहुँ र स्याङ्जामा आकांक्षी धेरै भएकाले संयोजक चयन हुन बाँकी छ भने मनाङ र मुस्ताङमा संयोजक खोज्न कठिनाइ भएको जनाइएको छ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com