काठमाडौं  । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कोशी प्रदेशका ८० प्रतिशत वडामा सहमतिमै नेतृत्व चयन भएको छ । मोरङ क्षेत्र नम्बर ६ बाहेक प्रदेशका सबै वडामा अधिवेशन सम्पन्न भएको प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।

क्रियाशील सदस्यताको विवादका कारण मोरङ क्षेत्र नम्बर ६ मा अधिवेशन रोकिएको थियो । विवाद समाधान भइसकेकाले मंगलबार अधिवेशन सम्पन्न हुने थापाले बताए । केही स्थानमा क्लस्टर नमिलेपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com