काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ३ लाख २ हजार २०० रुपैयाँमा झरेको हो।
यस्तै, चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ८०५ रुपैयाँ रहेको चाँदी मंगलबार ४ हजार ७७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार











प्रतिक्रिया