काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सरकारविरुद्ध आन्दोलन अघि बढाउने तयारी थालेको छ ।

मंगलबार पार्टी मुख्यालयमा बसेको कार्यसंयोजन समितिको बैठकमा सरकारका गतिविधिविरुद्ध आन्दोलनमा जाने विषयमा छलफल भएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

ज्वालाका अनुसार बैठकले महँगी, भ्रष्टाचार र सुकुम्बासीका समस्यालगायत विषयलाई उठाउँदै आन्दोलन अघि बढाउने निष्कर्ष निकालेको छ । राष्ट्रिय स्वाधीनता र राष्ट्रियताको पक्षमा समेत आन्दोलन केन्द्रित गर्ने निर्णय भएको उनले बताए ।

‘सरकारले जनविरोधी क्रियाकलाप गरिरहेको छ,’ ज्वालाले भने, ‘महँगी, भ्रष्टाचार, सुकुम्बासीको बिचल्लीसहित राष्ट्रिय स्वाधीनता र राष्ट्रियताको पक्षमा आन्दोलन अगाडि बढाउने निष्कर्ष बैठकले निकालेको छ ।’

आन्दोलनको स्वरूप र कार्यक्रमबारे भने आगामी सचिवालय बैठकले विस्तृत कार्ययोजना तय गर्ने ज्वालाले बताए ।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com