काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्नेछ भने केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।

उत्तर अन्डमान सागर आसपास विकसित न्यून चापीय प्रणाली बङ्गालको खाडी हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै गएकाले बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने जनाइएको छ।

भारी वर्षासँगै पहाडी क्षेत्रमा पहिरो, बाढी तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै नदी तथा खोलाको जलस्तर बढ्न सक्ने र सडक, हवाई यातायात, कृषि तथा जनजीवन प्रभावित हुन सक्ने चेतावनी पनि दिइएको छ।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com