काठमाडौं । नेपाली कांग्रेसले १८ वर्ष उमेर पूरा नगरेका व्यक्तिलाई पार्टी सदस्य नबनाउन निर्देशन दिएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै कांग्रेसको विधानअनुसार पार्टी सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने स्पष्ट पारेका छन् ।

यसैबीच, इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चुनिएका १७ वर्षीय सुजल चापागाईँको जिम्मेवारी स्थगन गरिएको छ । १५औँ महाधिवेशनका क्रममा उनी क्षेत्रीय प्रतिनिधि निर्वाचित भए पनि नागरिकताको विवरणअनुसार १८ वर्ष पूरा हुन केही महिना बाँकी रहेको पाइएपछि निर्वाचन समितिले उनको जिम्मेवारी स्थगन गरेको हो ।

समितिका अनुसार आगामी माघ १८ गते चापागाईँ १८ वर्ष पूरा हुनेछन् । त्यसपछि उनले चाहेमा पार्टी सदस्यता कायम गर्न सक्ने स्पष्ट गरिएको छ ।

कांग्रेसले अन्य जिल्लाका वडा तहका निर्वाचनमा पनि १८ वर्ष नपुगेका व्यक्ति निर्वाचित भएको पाइए त्यस्ता निर्वाचनको निर्णय कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com