काठमाडौं । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले उक्त रकम कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरण गर्दै डा. गुरुङले बाढीबाट प्रभावित केही समुदाय अझै सम्पर्कविहीन रहेको र सडक तथा सञ्चार संरचनामा ठूलो क्षति पुगेको अवस्थामा तत्कालीन राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भौतिक सम्पर्क विच्छेद भएका प्रभावित समुदायसम्म पहुँच पुनःस्थापित गरी उनीहरूलाई पुनःजोड्न सरकारका प्रयासमा डब्लुडब्लुएफले सहयोग गर्ने बताए ।
प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार












प्रतिक्रिया