काठमाडौं । कैलालीको टीकापुरमा कर्णाली नदीको कटान बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनमा तटबन्ध निर्माण सुरु गरिएको छ।
अविरल वर्षापछि नदीको बहाव बढ्दा टीकापुर नगरपालिका–४ स्थित पार्क क्षेत्र र भैरव मन्दिर आसपास कटान बढेको थियो। सांसद कोमल ज्ञवाली र करिश्मा कठरियाले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएपछि सिँचाइ विभागलाई तत्काल काम अघि बढाउन निर्देशन दिइएको थियो। निर्देशन पाएको करिब एक घण्टामै तटबन्ध निर्माण सुरु गरिएको र त्यसपछि कटान नियन्त्रणमा आएको जनाइएको छ।
प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार












प्रतिक्रिया