काठमाडौ । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। भट्टका बुवा चतुर्भुज भट्टले दायर गरेको रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विशेष अदालत र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायत विपक्षीलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
विशेष अदालतको आदेशअनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि दीपक भट्ट हाल डिल्लीबजार कारागारमा रहेका छन्। अदालतले उनीसँग सम्बन्धित सर्वोच्चमा विचाराधीन दुई मुद्दा पनि यसै मुद्दासँगै अवलोकनका लागि पेस गर्न आदेश दिएको छ।
प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया