काठमाडौँ । कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट ज्योति शाहीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शाहीले ‘शाही मनि ट्रान्सफर’को नाममा विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्थाका हुण्डीखाता प्रयोग गरी करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानबाट खुलेको हो।
प्रहरीका अनुसार विदेशबाट अनौपचारिक माध्यममार्फत नेपाल ल्याइएको रकमलाई विभिन्न व्यक्तिका खातामा पठाउने र कनेक्ट आईपीएसलगायत डिजिटल माध्यम प्रयोग गरी कारोबार गर्ने गरिएको थियो। सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले शाहीलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया