काठमाडौँ ।  कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट ज्योति शाहीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शाहीले ‘शाही मनि ट्रान्सफर’को नाममा विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्थाका हुण्डीखाता प्रयोग गरी करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानबाट खुलेको हो।

प्रहरीका अनुसार विदेशबाट अनौपचारिक माध्यममार्फत नेपाल ल्याइएको रकमलाई विभिन्न व्यक्तिका खातामा पठाउने र कनेक्ट आईपीएसलगायत डिजिटल माध्यम प्रयोग गरी कारोबार गर्ने गरिएको थियो। सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले शाहीलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com