काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका केही पालिकामा भारी वर्षाको प्रभाव पर्न सक्ने भन्दै प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ।

विभागका अनुसार असोज ९ देखि असोज १२ गते बिहानसम्म लागू हुने गरी भारी वर्षासम्बन्धी पूर्वानुमान जारी गरिएको हो।

कैलालीका गोदावरी, भजनी र घोडाघोडी नगरपालिका तथा मोहन्याल र चुरे गाउँपालिका भारी वर्षाको सम्भावित प्रभाव क्षेत्रका रूपमा तोकिएका छन्।

यस्तै, कञ्चनपुरका लालझाडी गाउँपालिका तथा शुक्लाफाँटा र पुनर्वास नगरपालिका पनि भारी वर्षाको सम्भावित प्रभाव क्षेत्रमा रहेका छन्।

विभागले ती क्षेत्रमा भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com