काठमाडौं । अविरल वर्षासँगै कोशी नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका ३३ वटा ढोका खोलिएका छन्।

गृह मन्त्रालयकी सूचना अधिकारी तथा उपसचिव रमा आचार्यका अनुसार कोशी ब्यारेजमा रहेका ५६ वटा ढोकामध्ये ३३ वटा खोलिएका हुन्।

हाल कोशी ब्यारेजमा २ लाख ५६ हजार क्युसेक बाढी मापन गरिएको छ। अघिल्लो वर्ष कोशीमा ५ लाख क्युसेकसम्म बाढी मापन भएको थियो।

पानीको सतह बढे पनि हालसम्म कोशीमा जोखिमको अवस्था नरहेको आचार्यले जानकारी दिइन्। यद्यपि, पानीको बहाव थप बढ्न सक्ने आकलन गर्दै स्थानीय प्रशासनले नदी आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाएको छ।

बाढीको जोखिम बढेमा ब्यारेजका थप ढोका खोल्ने तयारी गरिएको छ। हाल कोशी पुल भएर सञ्चालन हुने सवारीसाधनको आवागमन भने रोकिएको छैन।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com