काठमाडौं । स्याङ्जा, कैलाली र रौतहटका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

स्याङ्जाको भीरकोट नगरपालिका–१ करूङमा जिप दुर्घटना हुँदा पुतलीबजार नगरपालिका–१० का ७६ वर्षीय उत्तम सिंह गुरुङको मृत्यु भएको छ। बिहीबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा भीरकोट नगर अस्पतालमा मृत्यु भएको हो।

त्यस्तै, कैलालीको टीकापुर नगरपालिका–१ मा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ५५ वर्षीय सुरेन्द्र शाहको मृत्यु भएको छ। बिहीबार बेलुकी भएको दुर्घटनामा घाइते भएका शाहको शुक्रबार बिहान नेपालगन्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com