काठमाडौं । अविरल वर्षापछि हनुमन्ते र गोदावरी खोलामा आएको बाढीका कारण जोखिममा परेका १५ परिवारका ९२ जनालाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ।
बालकोट, कौशलटार, लोकन्थली र सागबारी क्षेत्रबाट उद्धार गरिएका उनीहरूलाई कौशलटारस्थित आदर्श जनप्रेमी विद्यालयमा राखिएको छ। बाढीका कारण मनोहरा पुल आसपासको जमिन भासिएपछि यातायात आवागमनसमेत रोकिएको छ।
प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया