काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङमा पहिरोमा परी बेपत्ता भएकी ५९ वर्षीया कृष्णकुमारी सारुको शव फेला परेको छ।
असोज ९ गते गएको पहिरोपछि बेपत्ता भएकी सारुको खोजीका क्रममा शनिबार दिउँसो ४ः२५ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार












प्रतिक्रिया