काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे प्रश्न उठाएका छन्।

उनले पक्राउ पुर्जीबिना पूर्वप्रधानन्यायाधीश गिरफ्तार? भन्दै प्रश्न उठाएका हुन्। सामाजिक सञ्जालमार्फत बास्कोटाले जेनजी खतरा भए सुरक्षा दिनुपर्ने बताए।

उनले लेखेका छन्, ‘पक्राउ पुर्जीबिना त्यो पनि पूर्वप्रधानन्यायाधीश गिरफ्तार? कतै सत्तारूढ दलभित्रै पाकिरहेको खिचडीको खेल त हैन? जेनजी खतरा भए त सुरक्षा पो दिने होला। पशुपति जाने!’

पूर्वप्रधानन्यायाधीश जबरा आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाट पक्राउ परेका थिए। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे भने तत्काल स्पष्ट पारिएको छैन।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com