काठमाडौं । मनाङको नारफूस्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएको सूचना आएको छ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान हिमपहिरो गएको हो। हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना प्राप्त भएको उनले बताए।

‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ। हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ। यद्यपि, यो विवरण एकिन भइसकेको छैन,’ पौडेलले भने।

बेपत्ताको खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको उनले जानकारी दिए। एउटा हेलिकप्टरले उद्धारकर्तालाई हिमपहिरो गएको भनिएको स्थानमा छाडेर फर्किएको र अर्को हेलिकप्टर पनि त्यसतर्फ पठाउने तयारी भइरहेको उनले बताए।

जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बेपत्ता भनिएका व्यक्तिहरू अल्पाइन ट्रेक एन्ड ट्राभल्समार्फत हिमलुङ हिमाल क्षेत्रमा गएका थिए।

घटनास्थलको अवस्था तथा बेपत्ताको यकिन विवरण उद्धार टोलीको स्थलगत पहुँचपछि मात्र स्पष्ट हुने प्रशासनले जनाएको छ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This