काठमाडौं । मनाङको सदरमुकाम चामेमा पहिरो खस्दा मर्स्याङ्दी नदीको मुख्य बहावमा अवरोध भएको छ। नदीको बहाव रोकिएपछि चामे बजारका केही घर डुबानमा परेका छन् भने नदीको पानी छेउबाट बगिरहेको स्थानीयले बताएका छन्।
पहिरोका कारण नदी थप थुनिएर पानी एक्कासि बाहिर निस्किए तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार















प्रतिक्रिया