काठमाडौं । मनाङमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको छ। उनीहरूको शव हेलिकप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल मनाङमा ल्याइएको छ।
हिमपहिरोमा परेका २२ जनामध्ये १२ जना फु गाउँमा सम्पर्कमा आएका छन् भने ८ जना अझै सम्पर्कविहीन छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार















प्रतिक्रिया