काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध २८ लाख २० हजार ३७५ रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
उनीहरूले खाद्य आयात अनुमति तथा सार्वजनिक सेवा सहज बनाइदिने भन्दै विभिन्न बैंक खातामा रकम जम्मा गराएको अनुसन्धानबाट खुलेको जनाइएको छ।
प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार












प्रतिक्रिया